दाङ, २८ जेठ
जनशक्ति अभावमा विशेषज्ञ सेवा सुरु गर्न नसकेको राप्ती अंचल अस्पताल तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट र खानेपानी आपूर्तिका लागि डिपवोरिङ निर्माण गरिने भएको छ ।

tulsipurअस्पतालाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लाण्ट निर्माणको काम केही दिनपनि सुरु हुने अस्पताल विकाश समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिनुभयो ।

प्लान्ट नेपालमै पहिलोपटक सरकारी अस्पताल अंचल अस्पतालले सुरु गर्न लागेको हो ।नेपाल सरकारबाट प्राप्त सहयोग एक करोड २५ लाख वजेट वाट ग्यास प्लाण्ट र खानेपानीको डिपवोरिङ निर्माण हुने अस्पतालले जनाएको छ । अक्सिजन ग्यास प्लान्टको लागि करिव ८० लाख वरावरको टेण्डर भएको र निर्माणको जिम्मा पाएको मेडि अक्सिजन प्रालिलाई निर्माणको जिम्मा दिइएको छ ।

अक्सिजन निर्माण संगै अस्पताललाई आर्थिक भारपनि कम हुने बताएको छ । हाल दैनिक ४ सिलण्डर ग्यास अस्पतालमा खपत हुदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी अस्पतालमा हाल खानेपानीको समस्या भई रहेको भन्दै खानेपानी आपूर्तिका लागि अस्पताल परिसरमा डिपवोरिङ निर्माण गर्ने अस्पतालले जनाएको छ ।।