इन्द्रेणी संवाददाता
दाङ २९ जेठ ।।
अम्बिका माबिको २१ औ अभिभाबक भेला विहिवार रामपुर ५ हर्नोकमा सम्पन्न भएको छ ।

ambikaबिधालय ब्यबस्थापन समितिका अध्यक्ष हरी बहादुर गोराथोकीको अध्यक्षता एबम् शिक्षक अभिभाबक संघका अध्यक्ष हुकुम बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा बिधालयका प्रध्यानध्यापक नारायण प्रसाद पोख्रेलले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै भेलाले बिधालयको हाताभित्र सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको छ ।

बिधालयका शिक्षक ईश्वरी प्रसाद पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको सहजीकरण शिक्षक मधुसुदन भट्ठराईले गर्नुभएको थियो ।।