इन्द्रेणी संवाददाता 

तुलसीपुर ११ साउन । प्रहरीले पाँच थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोलिहरु बरामद गरेको छ । राजपुर गाउँपालिका वडा नं. ७ को भित्री सिक्टा जंगल क्षेत्रवाट पाँच थान भरुवा वन्दुक बरामद भएको जानकारी दिएको छ । प्रहरी चौकी चङगुवा वाट प्रहरी सहायक निरिक्षक नरवहादुर खड्काको नेतृत्वमा गस्तिमा गएको प्रहरी टोलीले ६/७ जना मानिसको समुह एकनाले बन्दुक सहित जंगलमा हिडिरहेको देखेपछि पिछा गर्दा उनीहरु बन्दुर छोडेर भागेको निमित्त जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

bharuwa banduk

साउन ९ गते दिउँसो साढे ३ बजेको तिर बन्दुक सहित जंगलमा हिडिरहेको उक्त समुह प्रहरी देखेपछि फरार भएपछि घटनास्थलको वरिपरी खानतलासी गर्दा केप सिहत लोड गरिएको एकनाले भरुवा वन्दुक पाँच थान, लत्ताको टुक्रा पाँच थान, कपडाको थैली एकथान , बारुद भएको प्लाष्टिकको बट्टा दुई थान, वारुद भएको आल्मुनियमको बट्टा एक थान, सलाईको वट्टा सात थान , ३८ थान भरुवा बन्दुकमा प्रयोग हुने छर्राको एउटा पोको लगायतका अवैद्य बस्तु फेला परेको निमित्त प्रमुख तिवारीले जानकारी दिएका छन् ।