काठमाडौं, ११ साउन । साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच एकीकरण भएको छ ।
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गरिएको हो । एकीकरणपछि तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह राखिएको छ । नयाँ पार्टीमा मिश्र र थापा हाललाइ समान हैसियतमा रहनेछन् ।
३४ सदस्यीय केन्द्रीय समिति गठन
नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् ।