तुलसीपुर ११ साउन । बर्षादले घर भत्काएपछि तुलसीपुर उपमहानगरपालिका ३ किमुगैरा निबासी बिर बहादुर बुढाका परिवार अहिले पालमुनी बास बस्न बाध्य छन् । गएको असार २६ गते दिउसो परेको बर्षाले गर्दा उनको घर भत्किएको थियो ।
घर भत्किएपछि उनी अहिले नेपाल रेडक्रसले उपलब्ध गराएको पालमुली रात बिताई रहेका छन् । दिउसो १२ बजे तिर घर भत्किएको र घरका सबै परिवार कामको शिलशिलामा घर बाहिर रहेकाले मानबिय क्षति भने भएन् । घरभित्र रहेका सरसामानमा भने केही क्षति भएको पीडित बिर बहादुर बुढाले बताए । उनका दुई भाई छोरा, एक छोरी र श्रीमती अहिले पालमुनी रात विताउन बाध्य छन् । यसैबीच पीडित बुढाको घर निर्माणका लागि फेसबुक अभियान थालिएको छ ।
रोजगार तथा उच्च शिक्षाको शिलसिलामा बिदेश रहेका नेपालीहरुको पहलमा आर्थिक सहयोग संकलन थालिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका ३ घर भई हाल बिदेशमा रहेका नरेश पुनको संयोजकत्वमा फेसबुक अभियान थालिएको बताए । सोमबार सम्म ६ हजार बढि सहयोग संकलन भएको संयोजक पुनले बताए । घरको आर्थिक अबस्था कम्जोर भएकाले पीडित बुढाले घर निर्माणका लागि सबैसंग सहयोगको याचना पनि गरेका छन् ।