घोराही ११ साउन । प्रेस चौतारी नेपालको प्रदेश नम्वर ५ को बिस्तारित वैठकको तयारी व्यापक बनाइएको छ । आशन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई लिएर यही साउन १२ गते घोराहीको भिङ्ग्रेली भिलेजमा हुन लागि रहेको कार्यक्रममा पाँच नम्वर प्रदेशका सबै जिल्लाका र केन्द्रबाट समेत गरी दुईसयको हाराहारीमा पत्रकार एवं नेताहरु आउन लागि रहेको प्रेस चौतारीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न एमाले केन्द्रीय नेताहरु पनि दाङ आउने कार्यक्रम रहेको छ । पछिल्लो समयमा पत्रकारिताको अवस्था, श्रमजीवी पत्रकारहरुको अवस्था, प्रेस स्वतन्त्रता, सूचनाको हक सम्बन्धी विशेष छलफल गर्ने, पत्रकार महासंघको निर्वाचनको विषयमा विशेष रणनीति बनाउने उद्देश्यले हुन लागि रहेको विस्तारित वैठक साउन १२ गते घोराहीमा हुनेछ । विहान ११ बजेदेखि सुरु हुने वैठकमा एमालेका केन्द्रीय नेताहरु, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसहितको टोली, पत्रकार महासंघका जिम्मेवार पदाधिकारीहरु, प्रेस चौतारीका जिल्ला अध्यक्षहरु, पत्रकार महासंघका पार्षदहरुको समेत उपस्थिति रहनेछ ।
साउन १० गते पोखराबाट सुरु भएको बिस्तारीत वैठक सातै प्रदेशमा गरिने प्रेस चौतारीले जनाएको छ । सातै प्रदेशको अवस्था बुझेपछि सचिवालय र केन्द्रीय कमिटीको वैठक पनि यही महिनामा गर्ने तयारी चौतारीले गरेको छ । त्यसपछि भाद्र २ गते काठमाडौंमा केन्द्रीय भेला गर्ने योजना रहेको प्रेस चौतारी नेपाल प्रदेश नम्वर ५ का संयोजक सविन प्रियासनले जानकारी दिनुभयो ।
वैठक अगाडी उद्घाटन कार्यक्रम हुने भएकाले कार्यक्रममा उपस्थितिका लागि चौतारीले सबैमा अनुरोध गरेको छ । चौतारीका प्रदेश नम्वर ५ का संयोजक सविन प्रियासन र जिल्ला अध्यक्ष टीका बस्नेतले विज्ञप्ति जारी गरी कार्यक्रममा एमाले नेता, कार्यकर्ता, सम्पूर्ण पत्रकारहरु, नागरिक समाज, उद्योगी, व्यवसायी, शुभेच्छुक सर्बैलाई उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।
सो अबसरमा एमालेबाट दाङमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा निर्वाचित प्रमुख उपप्रुमख, वडा अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)