काठमाडौं, साउन १० । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको अन्तिम टुंगो लगाएको छ । कांग्रेस  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारमा ढिलाई गरिरहेका बेला माओवादीले सरकारमा जाने मन्त्रिहरुको अन्तिम टुंगो लगाएको हो । अध्यक्ष प्रचण्डसहित पार्टीका वरिष्ट नेतासहित वसेको वैठकले सरकारमा पठाउने मन्त्रीहरुको टुङगो लगाएको माओवादी स्रोतले जानकारी दियो ।

कांग्रेस र माओवादीविच भएको सहमतीअनुसार माओवादीको भागमा ९ र कांग्रेसको भागमा १३ मन्त्रालय परेको छ । जसअनुसार माओवादीले उपप्रधानमन्त्रीसहित गृह,परराष्ट्र र शहरी मन्त्रालयमा मन्त्री पठाइसकेको छ । अन्य ६ मन्त्रालयमा मन्त्री पठाउनको लागी माओवादीले सुची तयार गरिसकेको छ ।

माओवादीले गिरीराजमणी पौखरेल,टेकबहादुर वस्नेत,महेन्द्र शाही,आशा खनाल,शिव मण्डल र सन्त थारुलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

जसअनुसार पौडेलले स्वास्थ्य मन्त्रालय,वस्नेतलाई कृषी, शाहीलाई उर्जा,खनाललाई महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय र मण्डललाई आपुर्ती मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

माओवादीमा प्रदेश नम्वर ६ वाट २ जनाले मन्त्री वन्ने सौभाग्य पाएका छन् । यसअघि उक्त प्रदेशबाट जनार्दन शर्मा गृहमन्त्रीमा नियुक्त भइसकेका छन् । वरिष्ट नेता नारायणकाजी श्रेष्ठको समुहवाट पौखरेलले अवसर पाएका छन् ।

माओवादीले प्रत्येक मन्त्रालयमा राज्यमन्त्री समेत पठाउने तयारी गरेको छ । राज्यमन्त्रीको लागी श्याम श्रेष्ठ,रुपा महर्जन,अमनलाल मोदी र केशव विकलगायतलाई सरकारमा पठाउने तयारी गरेपनि अन्तिम टुंगो भने लागिसकेको छैन् । एभरेष्ट दैनिकबाट