इन्द्रेणी संवाददाता
दाङ १० साउन । घरायसी बिबादका कारण एक महिलाले भिरबाट हाम फालेर आत्महत्या गरेकी छिन । रुकुम आठ बीसकोट नगरपालिका ९ की ३० बर्षिया कृष्णा शाहीले घर नजिकैको भिर बाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरपरिवारको सामान्य बिबाद परेपछि गत आइतबार बिहान मृतक शाहीले गर नजिकैको भिरबाट हामफालेपछी स्थानियले उद्दार गरि नजिकैको आठ बीसकोट उपस्वास्थ्य चौकीमा लगिएको थियो । गम्भीर चोटका कारण उपचार सम्भब नभेपछि गएराती उनको मृत्यु भएको हो । मृतक कृष्णाले २ महिना अघि मात्र एकैसाथ ३ सन्तानलाई जन्म दिएकी थिइन् ।