Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं, ५ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका अन्तरघातीलाई पार्टीबाट निश्कासन गर्ने बताएका छन् । अनुशासन समिति बनाएर अन्तरघातीलाई कारबाही गर्ने उनले चेतानवी दिएका छन् ।

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
प्रदेश नम्बर २ को भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भने,‘उम्मेद्वार चयनमा ढिलाई र अन्तरघातका कारण डेढ दुई सय भोटले कांग्रेसले धेरै ठाउँमा चुनाव हा¥यो । अब अनुशासन समित गठन गरेर अन्तरघातीलाई जसरी पनि कारबाही गर्छु ।’

उनले पार्टीको माहोल राम्रो हुँदाहुदै पनि अन्तरघातका कारण काग्रेसले चुनावमा हार वेहोर्नुपरेको दावी गरे । निर्वाचनमा आकांक्षी हुनु स्वभाविक भएको बताउँदै उनले आफूले टिकट पाएमात्र जितिने भ्रम नपाल्न नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।

देउवाले तेश्रो चरणको निर्वाचनमा पहिलो र दोश्रोमा भएको क्षतिको ‘मेकअप’ गर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि व्यक्तिगत स्वार्थ छाडेर लागिपर्न कार्यकर्तालाई निर्देशन समेत दिए।