काठमाडौँ, ५ साउन । तीन वर्षदेखि आयोजित ‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० युवती छानिएका छन् ।

model hotप्रतियोगीलाई व्यक्तित्व विकास, नेतृत्वदायी क्षमता अभिवृद्धि जस्ता प्रशिक्षण दिइने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा भारतका चर्चित कोरियोग्राफर मिलन एचआर राईको विशेष प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ ।

एचआर यसै वर्षदेखि प्रतियोगितामा जोडिएका हुन् । प्रतियोगिताका विजेताले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।