काठमाडौँ, ५ साउन । दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा दाङको एक मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम समातेर दुर्घटना हुनबाट जोगाएका प्रहरी हवल्दार दुर्गाबहादुर राना असइमा बढुवा भएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकाको अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम समातेर त्यसलाई सुरक्षित स्थानमा फालेका कारण चर्चामा आएका रानालाई उनको कामको प्रशंसा गर्दै बढुवा गरिएको हो । बम फालेलगत्तै गृहमन्त्री जनार्दन शर्माले उनको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने बताएका थिए।