सन्तोष दहित
घोराही, ४ साउन । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा दिगो शान्ती र सुशानको लागि सवैले एकताबद्ध भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् । बुधवार दाङको घोराहीमा हरप्लेस दाङले आयोजनामा गरिएको सुरक्षाकर्मीलाई संक्रमणकालिन न्याय, शान्ती र मानवअधिकार सम्वन्धि तीनदिने तालिममको उद्घाटन कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

ph 1तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी प्रहरी प्रशासनले मात्र एक्लै चाहेरपनि नहुने भन्दै जिल्लाका सवै सरोकारवालाहरुको सहयोगले मात्र जिल्लामा दिगो शान्ती र सुशान गर्ने सकिने बताए ।

उनले जिल्लामा पछिल्लो समयमा केही ठुलो घट्ना घटेपनि मानवअधिकारको हिसवाले कमि आएका बताए । पछिल्लो समयमा सुरक्षलाई चूनौति दिदै केही घटना घटेपनि प्रहरी प्रशासनले ठुलो सफल्ता पाएको बताए । कार्यक्रमको प्रमुख अतिथित रहेका प्रमुख जिल्ला अधिकारी श्रष्ेठले मानवअधिकार, शान्ती, न्याय तथा संक्रमणकालिन तालिमले सुरक्षाकर्मीलाई धेरै सहयोग पु¥याउने बताए ।

हरप्लेस नेपालकी उपाध्यक्ष सुनिता विएमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, तालिम सहजकर्ता अधिवक्ता बसन्त गौतम लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद केसीले गरेका थिए ।