इन्द्रेणी संवाददाता
दाङ, ५ साउन । दाङको समग्र विकासका लागि आएको कुल बजेटमा १३ अर्ब २ करोड ३२ लाख ३८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । कुल १४ अर्ब ५१ करोड २ लाख ३२ हजार बजेटमध्ये १३ अर्ब २ करोड ३२ लाख ३८ हजार अर्थात करीव ८९ प्रतिशत बजेट खर्च भएको हो ।
जिल्लाको विकासका लागि जिल्लाका विभिन्न विषयगत कार्यालयमार्फत खर्च हुने गरेर आएको १ अर्ब ४८ करोड ७२ लाख ९४ हजार विकास बजेट फ्रिज भएर गएको कोष तथा लेखा नियन्त्रण दाङले जनाएको छ ।
गएको आर्थिक वर्ष २०७३÷७४ मा सबैभन्दा वढी मध्यपश्चिम सडक डिभिजन कार्यालयको ४१ करोड रुपैयाँ फ्रिज भएर गएको छ । सो कार्यालयको १ अर्व ४४ करोड ७४ हजार ७ हजारमध्ये १ अर्ब ६ करोड ६ लाख ११ हजार मात्रै खर्च भएको छ ।