काठमाडौँ, ३ साउन । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल रउपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी मर्जर हुने भएको छ । दुई पार्टीबीच चुनावअघि एकीकरण हुने बताइएको छ ।
दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताएका छन् ।
यस विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । स्थानीय तहको चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेका दुवै पार्टीले एकीकरण गरेर नै जानुपर्ने निष्कर्ष निकालेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए। उनले भने, ‘यी दुई पार्टी वैकल्पिक शक्ति हुन् । यी दुई दल मिले मात्र परिवर्तन सम्भव भएकाले एकीकरणका लागि गृहकार्य भइरहेको छ । ’ दुवै पार्टीको केन्द्रीय समितिको बैठकले एकीकरणको विषय टुङ्गो लगाउने भएको छ ।