काठमाडौं, १ साउन। गएराति आएको अविरल वर्षातका कारण आएको वाढीले रामेछापमा पुल र केही घरहरु बगाएको छ । वाढीले गोकुलगंगा र लिखु गाउँपालिकाको सिीमानामा पर्ने छत्याउने खोलाको पुल र घर बगाएको प्रहरीले जनाएको छ ।
मध्यराति आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको हो । तर त्यहाँ कति घर वगायो र क्षति के कति भयो भनेर एकीन विवरण आउन बाँकी नै छ । स्थानीय दीपशिखा दाहालका अनुसार ६ जना स्थानीयलाई घाइते अवस्थामा उद्दार गरिएको जनाएकी छिन् ।