इन्द्रेणी संवाददाता
दाङ, ३० असार । असार १४ गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा उम्मेदवार बनेका दाङका सात सय २४ जनाको जमानत जफत भएको छ ।
दुई हजार ३ सय ८२ जनामध्ये सात सय २४ जना उम्मेदवारले चुनावमा दश प्रतिशत पनि मत नपुरयाएका कारण जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा प्रमुख तीन दलका उम्मेदवारहरुमा भने प्रायले जमानत जोगाउन सफल भएका छन्् । तर जमानत जोगाउन सफल भएपनि निर्वाचित हुन भने सकेनन् । कुल उम्मेदवार मध्य पाँच सय २० जना जनप्रतिनिधिका रुपमा विजयी भएका छन् ।
दाङका १० वटा स्थानीय तहमध्ये घोराही उप–महानगरपालिकामा एक सय ५६ उम्मेदवारको जमानत जफत भएको छ । जसमध्ये प्रमुख पदमा उम्मेदवारी दिएका १० जना तथा उपप्रमुखमा उम्मेदवारी दिएका नौ जना तथा वडा अध्यक्ष ४१ जना तथा ९६ जना सदस्यको जमानत जफत भएको छ । केही उम्मेदवारले दश प्रतिशत मत त के शून्य मत सकेत ल्याएको पाइएको छ ।
