३० असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताउनु भएको छ । श्रिलंकाको कोलोम्बोमा आयोजना भएको सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै, गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनिती, त्योसँग सम्बन्धित संस्थाहरु र नेतृत्वमाथी समेत जनताको विश्वास मात्र गुम्ने बताउनु भयो ।
गृहमन्त्री शर्माले श्रीलंकाली सरकारलाई भव्य स्वागत सत्कारकालागि धन्यवाद दिदैँ सार्कको महासचिव पदभार ग्रहण गर्नु भएको अहमद हुसेन बी सीयललाई बधाई दिनु भएको थियो ।
उहाँले आतंकवाद तथा आपराधिक कृयाकलाप विरुद्ध उच्चतम प्रयास चाले पनि त्यस्ता समस्याहरुको समाधानमा कठिनायीको सामना गर्नु परेको उल्लेख गर्नु भयो ।
आतंकवाद विरुद्ध नेपालले ७ वटा महत्वपुर्ण कानुनहरु बनाउन लागेको समेत शमौले जिकीर गर्नु भयो । साथै सम्पत्ति शुद्धिकरण सम्बन्धि विषयहरुलाई सम्बोधन गर्नकालागि पुनरावलोकन समिती समेत गठन भएको बताउदै अन्तराष्ट्रिय मापदण्ड अनुसार काम अगाडी बढेको जानकारी गराउनु भयो ।
यसैगरी उहाँले प्रतिबद्धता र निर्णयहरु प्रभावकारी ढंगले कार्यन्वयन गर्ने बेला भएको पनि बताउनु भयो । साथै अहिलेको परिवेशमा साइबर क्राइम विकास र समृद्धिकाको दिशामा ठुलो चुनौती समेत भएको उल्लेख गर्नु भयो ।
उहाँले नेपालमा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनबाट देशमा राजनितीक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने बताउनु भयो ।
२ दिने कार्यक्रममा गृहमन्त्री जनार्दन शर्मा प्रभाकर, सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दिपक काफ्ले श्रिलंका जानु भएको हो । उहाँहरु असार ३० गते दिउस १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।