दाङ २७ असार । तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागि फरार भएकी पूजा घर्ती नामकी युवती भारतबाट पक्राउ परेकी छन् ।
अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
उनलाई आज साँझ ५ बजे अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्दैछ । श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।