दिपक बोहरा
तुलसीपुर २७ असार । दाङ बंगलाचुली गाउँपालिकाको पहिलो बैठक बसेको छ । स्थानीय तहको दोस्रो चरणको निर्बाचनबाट निर्बाचित जनप्रनितिहरुको पहिलो बैठक भएको हो । बैठकले बंगलाचुली गाउपालिकामा पर्ने ७ र ८ नंं वडाबाट केन्द्रमा पुग्न सडकको ट्रयाक खोल्ने निर्णय गरेको छ । ७ र ८ नंं वडाका नागरिक गाउपालिकाको केन्द्र रहेको कमेरेचौर सम्म पुग्न कम्तिमा एक दिन सम्म हिड्नु पर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्यका लागि सडकको ट्रयाक खोल्ने निर्णय गरेको निर्बाचित अध्यक्ष भक्त बहादुर वलीले बताए ।
साथै उनले बंगलाचुलीको समस्याको रुपमा रहेको पिउने पानी तथा सिंचाईको सुबिधा पु¥याउने निर्णय भएको छ । नबनिर्बाचित अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षतामा बसेको बैठकले सामाजिक सुरक्षा भक्ता घरघरमै पु¥याउने पनि निर्णय गरेको छ । अध्यक्ष वलीले अबको ५ बर्ष भित्र बंगलाचुली गाउपालिकाका आधारभुत समस्याहरु समाधान गर्ने बताए । उनले निर्बाचनको समयमा जनतामाझ लिएका ऐजेण्डा पुरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।