असार २७ काठमाडौ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन करिब डेढ महिना बाँकी रहँदा गायक प्रेमविवश घर्ती हिन्दु महिला दिदी बहिनीहरुको महान पर्व हरितालिका तीज लाइ मध्यनजर गरि विगतका वर्षहरुमा जस्तै २०७४ सालको नयाँ तीज कोसेली नेपाली साँङ्गीतिक बजार मा ल्याउने तयारीमा जुटेका छन् । २०६२ सालमा रेडियो नेपालबाट लोकगीत विधामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले २०६३ साल देखी लोक तथा दोहोरी गीत रेकर्ड गर्न शुरु गरेता पनी २०७१ साल देखी तिजको गीत गाउन शुरु गरेका हुन् । २०६८ सालमा “भयो माया भयो तिम्रो माया पाउनु त आसै मरि गयो” बोलको गीत विष्णु माझी सँग गाएपछी चर्चा बटुल्न शुरु गरेका घर्ती ले २०७१ सालमा पहिलो तिज गीत झक्कास नामक एल्बम दर्शक श्रोतासामु ल्याएका थिए ।

prem bibas gharti

जुन गीतले घर्ती लाइ निकै चर्चाको शिखरमा पुराएको थियो । जस्मा “दामी दामी मैयाको झक्कास झक्कास नाचो” बोलको गीतले धेरै दर्शक र स्रोताको मन जित्न सफल भएको थियो । जुन गीतमा लय गायक घर्तीको आफ्नै थियो भने शब्द धिरेन्द्र शाही र स्वर प्रेमविवश घर्ती र शपना शाहीको थियो । त्यसपछी थुप्रै लोक तथा दोहोरी गीत रेकर्ड गरी दर्शक र श्रोताको मन जित्दै आएका घर्तीले निरन्तर रुपमा हरेक वर्ष हरितालिका तिजलाइ मध्यनजर गरेर तिजका गीतहरु दर्शक श्रोतामाझ पस्कि रहेका छन् । गत २०७३ सालमा पनी घर्तीको “छोटो छोटो चोली” नामक तिज गीतले धेरै दर्शक श्रोताको मन जितेको थियो ।

शुवास घर्तीको शब्द अनी गायक घर्तीकै लयमा रहेको गीत तिर्सनन म्यूजिकले बजार व्यवस्थापन गरेको थियो भने गायक लाइ गायिका टीका पुनले साथ दिएकी थिइन । संयोग नै मान्नुपर्छ तर यो वर्ष भने गायक घर्तीलाइ गायिका टीका पुन नभएर गायिका टीका खड्काले साथ दिने भएकी छिन् । पछिल्लो समयमा शब्द श्रृजनामा प्रेमविस लाई हरेक गीतमा साथ दिदै आएका सर्जक शुवास घर्तीेले यो सालको तिज गीतमा पनी निकै रमाइला र रोचक शब्द श्रृजना गरेका छन् भने गायक घर्ती ले निकै मिठो सँगीत भरेका छन् । घर्तीका प्राय गीतहरु नाचौ नाचौ लाग्ने खालका हुने गर्दछन् र यो सालको तिज गीत पनी मज्जाले नचाउने खालको रहेको छ । जस्मा भनिएको छ –

फेरी तिज आयो अहिलेको सालमा ल है
नाचम नाचम हुन्छ मादलु तालमा
म नाचे मायाले साह्रै मन परायो,
म त नाच्दैन भन्थे यो सालको तिजमा
तर मादलु तालैले मालाई नाच्नी गरायो ।

यस गीतको रेकर्ड कार्य शुरु भैसकेको र अब श्रावण महिनाको पहिलो साता सम्म अडियो भिडियो दर्शक श्रोता समक्ष पुग्ने गायक घर्तीले बताएका छन् र विगतका वर्षहरु जस्तै यो वर्ष पनी ‘मादलु तालैले नाच्नी गरायो’ बोलको तिज गीत लाइ सबैले मनपराइदिनु हुने छ भन्ने अपेक्षाका साथ पूर्ण विश्वास रहेको गायक प्रेमविस घर्तीले बताएका छन् ।