दाङ २७ असार । बम फाल्ने प्रहरी हवलदारलाई १५ सय पुरस्कारदाङ २७ असार ।

Screenshot_2017-07-11-09-46-18-1
स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् । हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।