मनोज भुजेल
इटहरी,२६ जेठ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै बिभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य मन्जु सरदार पक्राउ परेकी छिन ।

‘नेपाल प्रहरीको खास मान्छे हुँ, जागीर खान मिलाउनु पर्छ’ भन्दै इटहरी ४ बस्ने तारा लिम्बुबाट एक लाख पचाँस हजार रुपयौ ठगेको आरोपमा सरदारलाई इलाका प्रहरी कार्यालय इटहरीले इटहरीबाट पक्राउ गरेको हो ।

Manju-Sardarनाम निकाल्नु भन्दा अगाडी एक लाख र नाम निकालेपछि ५० हजार दिनु पर्छ भन्दै सरदारले लिम्बुबाट रकम ठगेको आरोप लागेको छ । नाम निकाल्न नसकेपछि लिम्बुले आफनो रकम फिर्ता दिन आग्रह गरेकी थिइन् । तर सरदारले रकम फिर्ता गर्न आनाकानी गदै आएको पीडितको भनाई छ । यस्तै सरदारले इटहरी ४ बस्ने लक्ष्मी लिम्बुबाट पनि ‘प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ६० हजार’ रकम ठगेके आरोप लागेको छ । पीडितहरुले इलाका प्रहरी कार्यालय इटहरीमा आफुहरु ठगिएको जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले सरदारलाई पक्राउ गरि ठगी सम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान थालेको जानकारी दिए । डिएसपी अधिकारीले प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम माग्नेहरुबाट सचेत रहन आग्रह समेत गरेका छन ।
रातो पाटीबाट