आभास बुढाथोकी 
घोराही । वर्षायाम शुरु भएसंगै घोराहीका बजारका सडकहरु यतिबेला हिलाम्य भएका छन् । हिलाम्य संगै बिग्रीएका सडकको मर्मत समयमै हुन नसक्दा सडकहरुमा खाल्टाखुल्टी परेको छन,जसले गर्दा सर्वसाधरणहरु र सवारीसाधनहरुले निकै सास्ती खेप्नुका साथै सडक दुर्घटना हुने संभावना  पनि बढ्न थालेको छ ।

पछिल्लो समयम दाङमा सवारी साधनहरुको चाप बढ्दै गईरहेको छ । साघुरा र त्यसपमा पनि सडकको क्षमता भन्दा दोब्बर भार बोकेको सवारी साधानहरु गुड्डा सडक झनै अस्तव्इस्त बनका छन् । ठुला मालबाहक गाडीहरु गुड्डा र समयमै घोराही बजाकारका सडकहरु मर्मत नगर्दा ठाउँ–ठाउँमा ठुला–ठुला खाल्टाहरु बेनका छन् । त्यसको प्रत्यक्ष सास्ती सर्वसाधारण र सवारी चालकहरुले भोग्नुपरेको छ । दैनिकरुपमा आवतजावत गर्ने हजारौ सर्वसाधारणहरुलाई अहिले बाटोमा हिड्न कष्ट खेप्नुपरेको छ ।

19944669_1090149907796709_3456405473852319115_oत्यसमा पनि घोराहीको १४ सय मिटर सडक विस्तारको काम तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यलयको लापरवाही र बाटो निमार्ण गर्ने निमार्ण कम्पनीका ठेकेदारल विभिन्न बहाना गर्दे आइरहदा बाटो विस्तारका कार्य बिचमै रोकिएको छ । चार लेनबाटो विस्तारको क्रममा सडकमै बालुवा गिट्टी थुपारीदा त्यहाँका व्यपारव्यवसाही र स्थानीयहरुले झनै सास्ती खेप्नु परेको छ । निमार्ण कार्यत्र बिचैमा रोकीदा सडक झनै अस्तव्यस्त र हिलाम्य बनेको छ । बाटो विस्तारका काममा ढिलाईका कारण व्यपार व्यवसायदेखि दैनिक आवतजावतामा समस्या भएको व्यापारी इन्द्र डिसीले बताउनुभयो । ‘पहिले पनि निमार्ण कार्य बिचैमा रोकिदा हामीले तीनघन्टा सडक बन्द गरेका थियौं । सडक डिभीजन कार्यलयमा पनि पुग्यौ’ उनीभन्छन्, ‘त्यती बेला काम चाडो गर्ने आश्वासन दिइयो तर काम पुरा नुहदै फेरी रोकियो ।’
19942888_1090150041130029_682066833459052991_oवर्षायाममा पहिरोका कारण राजमार्गहरुमा यातायत सेवा अबरुद्ध नहोस् भनेर तीन ठाउँमा एक–एकवटा यान्त्रीक मेशिन राखीएको कार्यलयले जानकारी दिएको छ । पहिरो गएका ठाउँहरुमा यान्त्रीक मेशिन मार्फत पहिरो हटाउदै अवरुद्ध भएको यातायत सेवा सञ्चालनमा ल्यान सकिने कार्यलयका प्रमुख बद्रीप्रसाद शर्माले बताउनुभयो ।

सडक निमार्ण जिम्मा लिएका सम्बन्धित निमार्ण व्यवसाहीहरुले सडकखण्ड अबरुद्ध भउका वा बिग्रिएमा उनीहरुले नै पहिरो हटाउनुपर्ने र मर्मत गर्नुपर्ने, अन्य सडकहरुमा भने कार्यलय आफैले पहिरो हटाउने र सडक मर्मत गर्ने प्रमुख शर्माले बताउनुभयो । भर्खरै सम्पन्न दास्रो चरणको स्थानिय तहको चुनावले गर्दा समयमै बजेट निकासा हुन नसक्दा बाटो निमार्णका कामहरुमा ढिलाई भएको उहाँले जानकारी दिनुभयो । बजेट निकास हुन नसक्दा ठेकेदाहरुलाइई दिने रकम अपुगका कारण काम रोकिएको उहाँले बताउनुभयो । वर्षायाममा परेको पानीका कारण खोलाहरुमा बाढी आउदा पुल र बाटो कालेपत्रेका कामहरुमा कठिनाई भएको उहाँले बताउनुभयो ।