इन्द्रेणी संवाददाता
असार २५, दाङ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको चौधौं अधिवेशनमा सर्वसम्मत नयाँ नेतृत्वको प्रयास भइरहेको छ । यो प्रयासले सार्थकता पाउन थालेको बताइएको छ ।
विभिन्न राजनीतिक दलको विचारमा आस्था राख्ने सबै व्यवसायीहरुको सम्मानजनक सहभागितासहित नयाँ नेतृत्व सर्वसम्मत बनाइने संघका अध्यक्ष विमर रिजालले बताए ।
अध्यक्ष रिजालका अनुसार तीन कार्यकालसम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका विरु रावतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्ने तयारी भइरहेको छ ।