काठमाडौं, २५ असार । अब आफ्नो खाता नभएको बैङ्कमा पनि पैसा जम्मा गर्न सकिने भएको छ ।
सर्वसाधारणको लागत तथा जोखिम कम गराउने उद्देश्यले राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत यस्तो व्यवस्था ल्याएको हो । यो व्यवस्था लागू भएपश्चात बैङ्किङ सेवा तथा कारोबारलाई थप सरल र सहज हुने राष्ट्र बैङ्कको भनाइ छ ।
यो व्यवस्था लागू भएपश्चात सर्वसाधारणले आफ्नो खाता जुनसुकै बैङ्कमा भए पनि अर्को बैङ्कबाट पैसा जम्मा गर्न पाउनेछन् । हाल बैङ्कहरुले आफ्नो शाखामा दिइरहेको ‘एबिबिएस’ सेवा जस्तै अव अरु बैङ्कका लागि पनि दिनुपर्ने व्यवस्था आएको हो ।