इन्द्रेणी संवाददाता 

सल्यान २५ असार । दाङको घोराही बाट रुकुमका लागि छुटेको यात्रुबहाक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । घोराहीबाट रूकुम जाँदै गरेको ना ४ ख ५७५४ नं को यात्रुवाहक बस सल्यान त्रिवेणीको सल्लेखोलामा दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएकाको  सनाखत हुन सकेको छैन ।

durghatana

तस्वीर :  डिल्लीराज रावत 

साथै दुर्घटनामा परि बसमा सवार २ दर्जन भन्दा बढि यात्रुहरु घाईते भएका छन् भने घाइतेहरु मध्ये केहीको अबस्था गम्भीर छ। सामान्य घाइतेहरुको सल्यान अस्पताल र कान्तिपुर हस्पिटल श्रीनगरमा उपचार भैरहेको छ भने केहिलाई उपचारको लागि नेपालगञ्ज तथा दाङ रिफर गरिएको छ ।  दुर्घटना के कति कारणले भएको हो भन्ने कुरा खुल्न नसकेपनि तिव्र गतिका कारण दुर्घटना भएको घाईतेहरुको भनाई छ ।