इन्द्रेणी संवाददाता
दाङ, २५ असार । अविरल वर्षातका कारण पहिरो जाँदा दाङको घोराहीदेखि रोल्पाको होलेरी जोडने सहिदमार्ग अवरुद्ध भएको छ । घोराही–होलेरी सडकखण्डको दुईखोली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शनिवारदेखि नै उक्त सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा दाङदेखि रोल्पा जाने यात्रुहरुलाई समस्या परेको छ । यसअघि पनि सो सडकखण्ड सोही स्थानमा पहिरो जाँदा करीव दुई साता अवरुद्ध भएको थियो ।
