गोविन्द खड्का
घोराही, २३ असार। घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले शुक्रवार पदभार ग्रहण गरेकाछन । उनलाई घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र उप मेयर सिता न्यौपानेले पदभार ग्रहण गराए भने कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले कार्यालयका बारेमा जानकारी दिए ।
कार्यालय प्रबेशका क्रममा वडा सचिव नायराण प्रसाद शर्मा, सामाजिक परिचालक एसोदा केसी लगाएतले अविर मालाले स्वागत गरेका थिए । सोहि अबसरमा कार्यालय परिसरमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले सौजन्य गरेको फुल रोपिएको थियो । दाङ उवासका उपाध्यक्ष नारायण भुषाल, महासचिव दिपक सुवेदि, लगाएतको उपस्थिति रहेको थियो ।
पद भार ग्रहण गर्दै अध्यक्ष डाँगीले आफु ४८ टोलको समस्या बारे परिचीत रहेको र ती समस्याहरु हल गर्नेकाममा सहयोग गर्न सबैमा आग्रह गरेका थिए । सो अबसरमा उनले काठका पोल, बाटो, नाला ढल लगाएतका समस्या सबैको सहमतिमा हल गर्ने बाचा गरे । कार्यक्रममा चुनावका प्रतिस्पर्धी श्याम प्रसाद सुवेदी, गणेश प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति थियो । कार्यक्रममा एमालेका प्रतिनिधि देविराम न्यौपाने, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य निर्मल आचार्य विमल, नयाँ शक्तिका निर्मला विक लगाएतको सहभागिता थियो ।
पुरानो नगरपालिका रहेको भवनमा पदभार ग्रहण लगतै अध्यक्ष डाँगी सहितको नव निर्वाचित टिमले जेष्ठ नागरीक ८४ बर्षे जमान सिं डाँगीलाई भेटेर आशिर्वाद लिएको थियो । चुनाव अघि पनि यसैगरी जितको कामना लिएका डाँगीले शत्रु बैरी र काल कष्ट टरोस भन्ने शुभकामना लिए । कार्यक्रममा सदस्यहरु नैना कुमारी चौधरी, फुलमति नेपाली, गुलाम रसुल, लक्षुमन बुढा लगाएतको सहभागिता थियो ।