केशरमान बुढाथोकी
दाङ २३ असार । हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा तीजका गीतहरुको सरगर्मी बढेको छ । नेपाली सांगीतिक आकाशमा चम्किने सैयौं ताराहरु तीज गीत निकालेर बजारमा छाइरहेकाछन् ।
अनि आफ्नो नयाँ नयाँ कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकार हरु ल;आगिपरेका छन् । यसैको एक उदाहरणहुन् चर्चित नेपाली गायीका सरु गौतम ” साइला मेरो साइला “, ” तिम्रो र मेरो ” जस्ता बहुचर्चित दर्जनौं गीत लिएर नेपाली सांगीतिक आकाशमा चम्किएकी सरु यतिबेला ” टिकी पनि रातो ” नामक तीज गीत लिएर बजारमा आएकी छिन ।
आफ्नो ” टिकी पनि रातो “अरु कलाकारहरुका तीज गीतहरु भन्दा पृथक , टिपिकल , तथा समय सान्दर्भिक गीत भएकाले यसले आम नेपाली संगीतप्रेमी दर्शकहरुको मन जित्न यो गीत सफल हुने कुरामा गायीका सरु ढुक्क छिन ।
सरुको ” टिकी पनि रातो ” नामक गीतमा गायक टंक बुढाथोकी, गायीका सरु गौतम,अनु ढकाल,दिपक खतिवडा,अभ्यास भट्टराई तथा अनिशा भट्टराईको सुमधुर आवाज रहेको छ ।
कलाकार तथा मोडल महादेव त्रिपाठी, करिश्मा ढकाल, राजेन्द्र गिरि, दिनेश भट्टराइ, मन्जु भट्टराई, अभ्यास भट्टराई, अनिशा भट्टराई तथा आदेश भट्टराईको जोडदार अभिनय उक्त म्युजिक भिडियोमा रहेको छ ।
म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक तथा मोडल शंकर बिसीले गरेका छन् भने सल्लाहाकारमा रुपेश न्यौपाने रहेका छन् । “टिकी पनि रातो” को म्युजिक भिडियोलाई दिनेश भट्टराई तथा मन्जु भट्टराईले नेपाली सांगीतिक बजारमा लिएर आएका हुन।
