गोविन्द खड्का
घोराही, २३ असार । सबै विद्यार्थीलाई ब्राण्डामा उपस्थिति गराउदा निकै शान्त थिए । उनिहरु बाट दुईजना छात्रालाई अघि बोलाइयो । तिनलाई निधारमा ताज पहिराएर प्रअ गणेशराज श्रेष्ठले ह्रयाप्पी वर्थडे उद्घोष गर्नुभयो । त्यसपछि चर्को श्वरमा कराउदै उनिहरुले ह्रयाप्पी वर्थडे भने, चिल्लाएर खुशि पोखे ।
अघिल्लतीर साथिहरुको खुशिको गर्जन हुँदा उभिएका दुईछात्राको मुहारमा पनि हा“सोको मुश्कान छरियोे । हर्षित उनीहरुलाई पालैपालो प्रअ तथा शिक्षकले अविर लगाइदिए । उनिहरु संगै रहेर सामुहिक तस्विर खिचाए । त्यस अवधिमा शिक्षक विद्यार्थी दुवै तर्फ खुशिको सिमा थिएन । घरबाट आउदाको सवै चिज विर्सिए । त्यो हासो र खुशिले नया“ दिनको शुरुवातको वातावरण गरायो । विहिवार विहान कक्षा शुर पुर्वको यो दृश्य शुभ प्रभात मावि घोराहीको पहिलो थियो ।
घरमा मनाउने योजना रहेपनि विद्यालयमा मनाई दिनुहुन्छ भन्ने सोच नरहेको कक्षा दशमा अध्ययनरत काजोल खत्रीले जानकारी दिनुभयो । विद्यार्थीको भिडमा आफ्नो नाम मात्रै बोलावट हुदा डराएकि थिईन् । अगाडि बोलाउदा सम्म के कामले खोजीयो भन्ने खत्रीलार्ई थाह थिएन । कार्यक्रम सकिएपछि असाध्यै खुशि भईन । सबै साथिहरु संग छुटिदा सम्म उनको मुहारमा खुशि धपक्कै बलेको देखिन्थ्यो । ‘यस्तो कहिल्यै भा थिएन’ खत्रीले भन्नुभयो, ‘राम्रो लाग्यो ।’
अलमलमै खुशि हुने अर्कि छात्रा थिइन रासीदा खातुन । कक्षा ९ मा अध्ययनरत खातुनले जीवनमै पहिलो पटक वर्थडे मनाएको बताईन । ‘मलाई थाहै थिएन’ खातुनले भन्नुभयो, ‘घरमा कहिल्यै भा थिएन ।’ उहालाई नौलो र रोमान्चीत कार्य लागेको छ । त्यसैले त लामो समय सम्म खुशि दिखुनुभयो ।
अपर्झट कार्यक्रम ल्याएको विद्यालयले जनाएको छ । प्रअ श्रेष्ठका अनुसार एक दुइ जना शिक्षकलाई वाहेक कसैलाई थाह थिएन । लेजर बाट जन्ममिति तानेर विद्यार्थी छनौट गरीएको हो । जन्मदिन हो भन्ने सम्वन्धित विद्यार्थीलाई मात्रै थाह थियो । उनिहरुले पनि विद्यालयमा भनेका थिएनन् । न त विद्यालयले तिम्रो भोलि वर्थडे मनाउदै छौ भनेर जानकारी गराएको थियो ।
अबका दिनमा निरन्तरता दिने प्रअ श्रेष्ठले जानकारी दिनुभयो । सामुहिक रुपमा गर्दा धेरे समय जाने भए कक्षागत रुपमा पनि मनाउन सकिने उहाको भनाई थियो । कक्षा दश सम्म पढाई हुने विद्यालयका कक्षामा दश देखि साठि जना सम्म विद्यार्थी छन् । उनिहरुलाई जन्मदिन सोधेर पनि कक्षा शिक्षकले गर्न सक्ने जानकारी दिनुभयो । जसरी पनि उनिहरुको वर्थडे मनाईदिनु पर्ने छ । एक पटक किनेको ताजले धेरै जनालाई पुग्ने, क्याण्डिल र अविर महंगो नपर्ने भएकाले समस्या छैन । करिव १५ सय रुपैया वाट वर्थडे कार्यक्रम शुरु हुने विद्यालयको भनाई छ ।
क्षेत्रिय परिक्षा समितिले अध्ययन अवलोकन गर्न शिक्षकहरुलाई विभिन्न कठाउको नमुना विद्यालयमा लगेको थियो । भ्रमणका क्रममा मन्थली मावि रामेछाप र कालिका मावि वुटवलमा वार्षिक कार्ययोजना बनाएर विद्यार्थीको वर्थ डे कार्यक्रम लागुगरेको पाईएको श्रेष्ठले जानकारी दिनुभयो । ‘वर्थडे मनाउनाले विद्यार्थीलाई विद्यालय प्रति अपनत्व कायम गरेको पाईयो ।’ प्रअ श्रेष्ठले भन्नुभयो, ‘अभिवावकलाई पनि हाम्रो विद्यालय भन्ने विश्वास बढेको देखियो ।’ उहाका अनुसार फिस लगाएत केहि शुल्क लिन्छ बदला खुशि दिन्छ भन्ने भाव जगाउ“छ ।
बषौ प्रअ पद सम्हालेका श्रेष्ठ रचनात्मक र विद्यार्थी मैत्री काम गरेर विद्यालय आउन रहर लाग्ने बनाउने बताउनुहुनछ । उहाका अनुसार स्कुल जा बाबु भन्दा ज्वरो आयो भन्ने विद्यालय विद्यालय नै होईनन् । घर बस भन्दा रुने पढ्न जा भन्दा रमाउने वातावरण बनाउनुपर्छ । शुद्ध खानेपानी, व्यवस्थित शौचालय बनाएर विद्यार्थी मैत्री बनाएको दावि गनुृभयो । यद्यपी फोहर ठिक ठाउमा फाल्ने, विद्यालय क्षेत्रको घासपात र जंगल हटाउने लगाएतका काम भने पुर्ण हुन सकेका छैनन् । विद्यार्थी विवरण, शिक्षक हाजीरी बाहिरै टंगाएर हेर्ने व्यवस्था छ । सिसि क्यामेराबाट अवलोकन हुने गरेको देखिन्छ । सानो प्रयासले ठुलो खुशि ल्याउछ भने त्यसता काममा अल्छी गर्न नहुने प्रअ श्रेष्ठको भनाई छ । त्यहि अनुसार वर्थडे मनाउन थालिएको छ ।