काठमाडैं, २३ असार । स्थानीय तहको निर्वाचनमा असन्तुष्टि जनाउदै आएका राष्ट्रिय जनता पार्टीका नेताहरुले दल दर्ताका लागि शुक्रवार मात्रै निर्वाचन आयोग निवेदन दिएका छन्। नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।
दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, महेन्द्र राय यादव राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, लगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए।