लिवाङ २२ रोल्पा । रोल्पा जिल्लाको रोल्पा नगरपालिकाका नव निर्वाचित कार्यसमितिले नयाँ तथा आकर्षक निर्णय गरेको छ । रोल्पा नगरपालिकाको सम्पुर्ण वडाहरुलाइ एक घर एक रोजगार बनाउने महत्त्वाकांक्षी योजना राखेको नगरपालिकाले यसको कार्यन्वयन गर्नकालागी पहिलो निर्णय अनुसार गरिब तथा बिपन्न परिवारलाई प्राबिधिक तथा ब्याबहारिक शिक्षा प्रदान गर्ने निर्णय गरेको रोल्पा नगरपालिकाका मेयर पुरण केसी “करेन्ट ” ले जानकारी दिए ।
( यस्तो छ सूचना )
उनका अनुसार पहिलो चरनमा नगरपालिकाको १० वडाका १०० जना बिपन्न तथा पिछ्डा बर्गका छात्रछात्रा हरुलाई ब्याबहारिक शिक्षा दिएर यसको कार्यन्वयन सुरुहुनेछ ।
