काठमाडौं २२ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा विहिबार बेलुकी करिब साढे छ बजेतिर अकस्मात गृहमन्त्री जनार्दन शर्माले छड्के अनुगमन गरेका छन् । उनले सुरक्षा निकायलाई समेत कुनै खवर नगरी अनुगमनमा निस्केको श्रोतले बतायो ।
विभानस्थलमा यात्रुहरुको लगेज ब्याग जस्ता सामान हराउने,यात्रुलाई दुःख दिने जस्ता गुनासो बढेपछि गृहमन्त्री शर्मा सुरक्षा निकायलाई खबरै नगरी त्यहाँको बस्तुस्थिति बुझ्न निस्केको बताइएको छ ।
उनले सेवामा खटिएका कर्मचरी सुरक्षा निकाय स्थल, डिपार्चर हेर्ने, कन्ट्रोल रुप, तथा त्यहाँका सिसी टिभीको स्थान अवस्था तथा कर्मचारी प्रहरीहरुको अवस्था बुझ्न आकस्मिक छड्के अनुगमनमा पुगेको जनाइएको छ । रातोपाटीबाट
