गोविन्द खड्का
घोराही, २० असार। काठमाण्डौ बाट कक्षा खाली भएको फोन आयो । शिक्षकहरु आश्चर्य चकित हुदै खेलीरहेका विद्यार्थी सम्हाले । वालविकास माविका घोराहीका प्रअ राजेन्द्र कुमार श्रेष्ठलाई सिसि क्यामेरा लगानी गरेको सन्तुष्टि मिल्यो ।
एक महिना अघि देखि विद्यालयमा सिसिक्यामेरा चालु छ । त्यस बाट विद्यालयका सबै जसो कक्षा कोठा र खेलमैदानको अबस्था अवलोकन गर्न सकिन्छ । प्रअ कक्षमा रहेको सिसि क्यामेरा त्यहि सिमित छैन । प्रअ श्रेष्ठको मोवाईलमा पनि कनेक्ट गरीएको छ । त्यसका आधारमा जहा पुग्दा पनि हेर्न सकिन्छ । त्यसैले कामविशेषले काठमाण्डौ पुगेका श्रेष्ठले विद्यालय हेरे ।
त्यसलाई काठमाण्डौ बाट फर्केपछि स्टाप मिटिङमा राखे । प्रअ श्रेष्ठका अनुसार जुन शिक्षकले कक्षा छोड्नुभयो उहाँले एक्सक्यूज गर्नुभयो । कमजोरी स्किार्नु महानता थियो । त्यसले अरुलाइ पाठ सिकाउथ्यो । विद्यालयको अनुशासनलाई अझ मजबुत बनाएको छ । सिसि क्यामेराको औचित्य पुष्टि भयो । छोटै समयमा विद्यालयका सबै गतिविधिमा परिवर्तन ल्याएको छ ।
रहर मेटाउन सिसि क्यामेरा राखिएको होईन । प्रअ श्रेष्ठका अनुसार अधिकतम लाभ लिन र सबैलाई जिम्मेवार बनाउन प्रविधिको प्रयोग भएको हो । ‘यसले शिक्षक कर्मचारीलाई सचेत बनाउने छ’ प्रअ श्रेष्ठले भन्नुभयो, ‘विद्यार्थीलाई अनुशासीत राख्न मद्धत दिने छ ।’ उहाका अनुसार कक्षा ६ देखि माथिका सबै विद्यार्थीलाई जानकारी गराईएको छ । उनिहरुले जथाभावि गर्नै पाउदैनन् । हरेक कक्षाहरु शान्त, कुनै न कुनै काममा व्यस्त र सचेत देखिएका छन् ।
यसैगरी शिक्षकहरुलाई पनि सचेत बनाएको छ । कसैको मन बाट प्रअले नदेखेको बेला कक्षामा नजाउ“ भन्ने कुभावना जाग्दैन । विद्यालयमा नहुदा मोवाईलवाट अवलोकन गरीने भएकाले सचेत बनाएको छ । तर, कुनै पनि शिक्षक ठग प्रबृत्तिका छैनन् । सबैको उत्तीकै सकृयताको कारण जिल्लाका सफल विद्यालयको दर्जामा उक्लिएको छ । विद्यार्थी र अभिवावकको आकर्षणको केन्द्र बनेको छ ।
विहान स्पिच र साँझ क्वीज विद्यालयका नियमित क्रीयाकलाप हुन् । अघिल्लो दिन विषय दिईन्छ । त्यसलाई सबैले अध्ययन गरेर आउछन् । पालो दुईजनाको हुन्छ । त्यसले सबैको क्षमता बढाउछ । जसलाई पनि मेरो आउन सक्छ भन्ने हुन्छ । त्यस संगै कराँते, योगा लगाएत अतिरीक्त खेलकुद छन् । संगित लगाएतका कक्षा पनि चलाउन थालेको छ । यस क्षेत्रमा प्रभाव नपर्ने सार्वजनिक विदामा विद्यालय खुल्छ । अरुका विद्यालय बन्द हुदा वालविकासका विद्यार्थी पढ्न आउछन् । त्यसले अभिवावकलाई खुशि बनाएको छ । उदाहरण बन्न पाएकोमा विद्यालय परिवार सन्तुष्ट देखिन्छ । सबैको सहयोगले विद्यालय सफलतातिर बढेको प्रअ श्रेष्ठको भनाई छ ।