माधव बेल्वासे
चन्द्रौटा, २० असार । दोस्रो चरणको स्थानिय तहको निर्वाचन अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९,शिवगढीमा माओवादी केन्द्रका चुर बहादुर खड्का जिवन विजयी भएका छन । माओवादीको गढ भनेर चिनिएको शिवगढी गा.वि.स.को किल्लालाई अन्य राजनैतिक पार्टीले भत्काउन सकेनन ।
शिवराज नगरपालिकामा माओवादीको गढ भत्काउछौं भन्नेहरु वडा नं. ९ विजय पछि नै साच्चै शिवगढी माओवादीको गढ नै भएको मानेका छन । जनयुद्धकाल नै शिवगढीलाई माओवादीको गढ भनेर चिनिदै आएको छ । जनयुद्ध ताकादेखि नै आफ्नो स्वच्छ छवि बनाउदै आएका जिवन, युद्धमा दुस्मनको गोली लागेर पनि बाचेका माओवादीका योद्धा पनि हुन ।
७८० मत ल्याएर विजयी भएका खड्काको शिवगढीको विकासका लागि लामो योगदान रहेको छ । जनताका नेताका रुपमा परिचित खड्का विजयी भई सकेपछि वडा नं. ९ को आर्थिक उन्नती गराई यस क्षेत्रका जनताको जिवन स्तर उकास्न,कृषिमा विशेष क्रान्ती गर्ने योजना रहेको उनले बताएका छन ।