गुल्मी, १८ असार । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर हराएको भन्दै गुल्मी जिल्लाका काग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।उनले एक विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

Bhuwan-Shrestaजारी विज्ञप्तिमा भनिएको छ ‘पार्टी सभापतिले चुनाव लड्ने इच्छाप्रति पार्टी पंक्तिकै कार्यकर्ताबाट गम्भीर असहयोग भर्इ पराजित हुनुपर्दाको पीडा दुःखद र अक्षम्य छ । सिङ्गो पार्टी पराजित भएको छ, म त एक निमित्त पात्र हुँ । यो पराजयले पार्टीलाई वर्षौ पछाडि धकेल्छ कि भन्ने भयले म ग्रसित छु । मेरो समृद्ध सुन्दर रेसुङ्गा नगरपालिका बनाउने सपनामा तुषारापात भएको छ ।’

अन्तर्घातकै कारण आफू रेसुङ्गा नगरपालिकाको मेयरमा पराजितसमेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।