इन्द्रेणी संवाददाता

तनहूँ १६ असार। लामो समय देखि आफुले कल्पना गरेको नयाँ संबिधान निर्माण गरि संबिधान कार्यान्वयनको पहिलो पाइला स्थानिय तह निर्वाचन सकिए लगतै माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहि दिन यता तनहुँको पर्यटकीय नगरी बन्दिपुर क्षेत्रमा आराम गरिररहेका छन् ।

prachanda gaun amaप्रचण्ड आफ्नो सानो किचन क्याबिनेट श्रीमती सीता र छोरा प्रकाशका साथ केहि सहयोगी सहित बन्दिपुर बजार देखि अलिकति टाढा सानो र सुन्दा गाउँमा बसिरहेका छन् ।

19554053_1911601455771607_7526797001486459317_nप्रचण्डका परिवार सहित सुटुक्क बन्दिपुर आउनुलाई सबैले चासोका साथ हेरेपनि लामो समयको खटान पछि आरामका लागि प्रचण्ड बन्दीपुर पुगेको श्रोतको भनाइ छ ।