रुकुम, १५ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि रुकुममा माओवादीले विजयीको वाटो खोलेको छ ।

rukum-1पुर्वी रुकुमको सिस्ने गाउँपालिकाको वडा नं. १ र ८ मा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । वडा नं. १ मा माओबादी केन्द्रका उम्मेदवार मानबहादुर बुढा विजयी भएका हुन् भने वडा नं. ८ मा खर्कसिंह थापा विजयी भएका हुन् ।

त्यस्तै भुमे गाउँपालिकाको वडा नं. २ मा पनि माओबादी केन्द्रकै रामचन्द्र पुनको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रले सिस्ने गाउँपालिकामा पनि अग्रता काय गरेको छ ।