दाङ, १५ असार । दाङको गढवा गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दीकीले १०७ मत प्राप्त गरेर विजयी भएका छन् ।

ind imegत्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक र सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो ।

त्यसैगरी राप्ती गाउँपालिका वडा नं. ९ अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगरसहित पूरै प्यानल विजयी भएको छ । सुनारीले २०१ मत ल्याएर अध्यक्षमा विजय भएका हुन् ।

त्यस्तै महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका छन् । उक्त वडामा कुल मतदाता ५८३ रहेकोमा ४५७ मत खसेको थियो ।