इन्द्रेणी संवाददाता
दाङ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षामा कुनै शंका नभएको बताएका छन् । आज सोमवार विहान दाङको तुलसीपुरमा रिपोटर्स क्लव दाङले आयोजना गरेको पत्रकार भेटघाटमा शर्माले यस्तो बताएका हुन ।

parvakarकेही दलहरुको असन्तुष्टिका विचमा पनि सरकारले स्थानीय तहको निर्वाचन बनाउन लागेको उल्लेख गर्दै निर्वाचनको विरोध र खारेजीको माग गर्नुको कुनै अर्थ नभएको बताए । उनले मंसिरसम्ममा सरकारले तीनै तहको निर्वाचन गराउने तयार रहेको पनि बताए ।

तुलसीपुर क्षेत्रको सुरक्षाको सन्दर्भका सञ्चारकर्मीहरुले उठाएको जिज्ञासामा गृहमन्त्री शर्माले दुईचारवटा घटना हुदैमा यो क्षेत्रलाई असुरक्षित भन्न नमिल्ने प्रतिक्रिया दिए । उनले घटना हुनुमा कुनै कारण हुने भन्दै एकआध घटना हुदैका तुलसीपुर क्षेत्रनै असुरक्षित भयो भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरे । व्यापारी राजकुमार श्रेष्ठको घटनामा सरकारले अनुसन्धान गरिरहेको समेत मन्त्री शर्माले जानकारी दिए ।