दाङ, १२ असार । आज इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फित्र अर्थात रमजान । मुलुक भरका इस्लामिकहरुले भव्य रुपमा मनाउदैछन् ।

ramjanईद उल फित्रको दिन बिहानै उठेर नुहाई , धुवाई गरेर पारम्परिक नयाँ कपडा लगाई मस्जिद वा ईदगाहमा गई नमाज पढने गर्दछन् , घरबाट मस्जिद वा ईदगाह जाने ठाँउसम्म “ अल्लाह हुवक्वर, लाइलाहा इललला मोहम्मदुर रसूलुल्लाह, कल्मा इत्यादि ” पढ्दै जानुपर्ने, जस्ले गर्दा सवाव (पुण्य) मिल्ने गरेको धार्मिक विश्वास छ ।

नमाज पढिसकेपछि मुस्लिमहरुले एक अर्कामा गला मिलाएर ईद मुबारकको शुभकामना आदान गर्ने गर्दछन् । आजको दिन मुस्लिमहरुले आफ्नो घरमा मीठो सेवई , बिभिन्न परिकारहरु बनाएर नजिकका छर छिमेक, साथी, भाईहरुलाई बोलाएर खुवाउने प्रचलन पनि छ ।

रमजानको अवसरमा सरकारले आज सोमवार सार्वजननिक विदा दिएको छ ।