दाङ , ११ असार । स्थानिय तह निर्वाचनको प्रसार प्रसारको अन्तिम दिन आज नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले घोराहीका विभिन्न स्थानहरुमा भब्य ¥याली सहित चुनावीसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका नेता तथा पुर्व पूर्व मन्त्री बलदेव शर्मा मजगैयाको नेतृत्वमा ट्राफीक चोकवाट सुरु भएको ¥यालीले घोराही बजारका विभिन्न स्थानहरुको परिक्रमा गर्दै घरदैलो गरेको थियो । ¥यालीको क्रममा घोराहीको शहिद गेट र तुलसीपुर चोकमा कोणसभा भएको छ ।
सभामा बोल्दै नेपाली कांग्रेसका नेता तथा पुर्व केन्द्रिय सदस्य बलदेव शर्मा मजगैयाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएकोले संविधान कार्यन्वयनका लागी पनि नेपाली कांग्रेसलाई जिताउन अपिल गर्नुभयो । हरेक परिवर्तनमा नेपाली कांंग्रेसको नेतृत्व अपरिहार्य भएको ईतिहास साक्षी भएको भन्दै संविधान कार्यान्वयन र लोकतन्त्र बलियो बनाउनकालागी कांग्रेसको विकल्प नभएको उहाँको भनाई छ ।
असार १४ गते निर्वाचनको दिन आफ्नो मताधिकार प्रयोग गर्दै मतदानमा सहभागी हुन उहाँले सबै मतदाताहरुमा अनुरोध पनि गर्नुभयो । सांसद राजु खनालले बिकासका लागी काग्रेसको जित आबश्यक रहेकाले कांग्रेसलाई भोट दिन अपिल गर्नुभएको थियो । अर्का सांसद अनिता देवकोटाले बिकास र निकासका लागी भरपर्दो पार्टी कांग्रेस भएकाले बहुमतका साथ बिजयी गराउन आग्रह गर्नुभएको थियो ।
घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार भुप बहादुर डाँगीले उपमहानगरलाई नमुना बनाउने आफूहरुको योजनालाई सार्थकता दिन सम्पूर्ण उपमहानगरबासी मतदाताहरुलाई अनुरोध गर्नुभयो । उपमहानगरपालिकालाई भ्राष्टाचारमुक्त बनाई विकास र समृद्धिको नगरपालिकाको ईतिहास रच्नकालागी आफू चुनावी मैदानमा रहेको उहाँको भनाई थियो । सौ लामो समयदेखी जनताको साथ र विकासमा आफू समर्पीत भएकाले पनि आफू विजयी हुने विश्वास पनि व्यक्त गर्नुभयो । उपमेयर पदका उम्मेदवार पुष्पा श्रेष्ठले महिला शसक्तिकरण र सबलीकरणका लागी आफू महत्वपूर्ण भूमीका भएको बताउनुभयो । ¥यालीमा सँयौको सहभागीता रहेको थियो ।
यसैगरि नेपाली कांग्रेस घोराहीले आज आईतवार वृहत मोटरसाईकल ¥याली निकालेको छ । घोराहीबाट सुरु भएको ¥याली रामपुर, लक्ष्मीपुर, हुदै उपमहानगरपालिका परिक्रमा गरेको थियो । युवाहरुदेखी वृद्धसम्मको सहभागीता रहेको ¥यालीमा करिब ५ सय मोटरसाईकलको सहभागीता रहेको थियो ।