इन्द्रेणी संवाददाता
दाङ, १० असार । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि दाङका शैक्षिक संस्था बन्द भएका छन् ।

bal-katha-11-jun-2017-59460adacdb836.08134250सरकारी विद्यालयहरुलाई सरकारले नै विदाको घोषणा गरेको थियो भने निजी विद्यालयहरु पनि जिल्लास्थित प्याव्सन र एन व्याव्सनले १६ गतेसम्मका लागि बन्द गरेको छ ।

प्याव्सन दाङका अध्यक्ष यादव गिरी र एनप्याव्सनका अध्यक्ष भीमबहादुर बुढाथोकीले सयुक्त विज्ञप्ति जारी गरी १६ गतेसम्मका लागि विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । विद्यालय आउदो आइतवार मात्रै खुल्ने छन् ।