घोराही, १० असार । गैरसरकारी सस्थाहरुले सरकारी सेवालाई प्रभावकारी बनाउनका लागि पुल काम गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्रले लक्ष्मीपुरमा आज आयोजना गरेको नागरिक समाज ः पारस्परिक जवाफदेहिता कार्यक्रमका सहभागीहरुले सेवा प्रभावकारी कार्यान्वयनका लागि पुलको भुमिका खेल्नुपर्ने बताएका हुन् ।

विभिन्न साझेदारी सस्थाको सहयोगमा दाङका साविक रामपुर र लक्ष्मीपुरमा उक्त परियोजना सञ्चालन भएको छ । राज्यका हरेक निकायबाट जनताका लागि प्रत्युभुत गरिएका सेवा र अधिकारका सवालमा स्थानीयबासीलाई सचेत पार्नका लागि परियोजना सञ्चालन भएको कार्यक्रम संयोजक नबीन चौधरीले जानकारी दिनुभएको छ ।

साविक गाविसहरुमा गठन भएका वडा नागरिक मञ्च, वडा नागरिक सचेतना केन्द्र, विभिन्न सञ्जाललाई समेटेर साझा सभा गठन गरेर सरकारी सेवाका बारेमा सेवाको अनुगमन गरिने कानर्यक्रम संयोजक चौधरीले जानकारी दिनुभएको छ ।

यसैबीच मुनाल घिमिरेको संयोजकत्वमा साझा सभा गठन गरिएको छ । यस्तै सभाको सहसंयोजकमा रिखा घर्ती, सचिवमा बच्चुलाल चौधरी, सहसचिव मेनका रिजाल र कोषाध्यक्षमा सिता पाण्डेलाई चयन गरिएको छ ।