काठमाडौँ, ८ असार । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको चुनाव हुने ३५ जिल्लामा ७५ जना सूक्ष्म अनुगमनकर्ता खटाएको छ । निर्वाचनमा पैसाको चलखेल हुन सक्ने अनुमानमा त्यसलाई रोक्न अनुगमनकर्ता खटाएको आयोगले जनाएको छ ।

pasaoसंवेदनशील मानिएका स्थानीय तहमा आयोगले उपसचिव र शाखा अधिकृतस्तरका ७५ कर्मचारी खटाएको हो । गारेखापत्रमा समाचार छ । स्थानीय तह निर्वाचनम सूक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको बुधबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन प्रचारप्रसारको क्रममा हुन सक्ने आचारसंहिता उल्लङ्घन र पैसाको चलखेलका गतिविधि रोक्न गहिरो निगरानी राखेर सूचना सङ्कलन गरी उपलब्ध गराउन निर्देशन दिएका छनु ।