दाङ, असार ७ । दाङका साविक चार गाविसलाई पुर्ण सरसफाई युक्त गाविस बनाउनका लागि सञ्चालित सरसफाई तथा भौतिक निर्माणका कार्यक्रमहरुको अनुगमन गरीएको छ । जिल्लाको साविक नारायणपुर, विजौरी, हाँसीपुर र गोबरडिहा गाविसलाई पुर्ण सरसफाईयुक्त गाविस बनाउने कार्यक्रमहरुको अनुगमन गरीएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जानकारी दिएको छ ।
शान्ति निर्माण र विकासका लागि सहकार्य फ्रि प्याड नामक सस्थाले साविक चार गाविसमा सञ्चालन गरेको कार्यक्रमहरु प्रभाबकारी बन्दै गएको निश्कर्ष समेत निकालेको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष किास समितिको आर्थिक सहयोगमा भएको कार्यक्रम अन्र्तगत चार साविक गाविसहरुमा पुर्णसरसफाईका लागि काम भैरहेको फ्रि प्याड सस्थाका वास अफिसर प्रकाश आचार्यले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा ब्यक्तिगत तथा सस्थागत चर्पिको प्रयोगको अबस्था, व्यक्तिगत सरसफाई, न्युनतम आबस्यक तथा सुरक्षित पानीमा पहँुच तथा प्रयोगको अबस्था, सुरक्षित खानाको प्रयोग र सफा र स्वच्छ घर आँगनको अबस्थाको बारेमा अनुगमन गरीएको अनुगमन टोलीमा सहभागि जिल्ला समन्वय समितिका योजना अधिकृत बासुदेब आचार्यले जानकारी दिनुभयो । गत असार देखि सुरु भएको कामको अहिले सम्मको प्रगती अबस्था बारे अनुगमन गरीएको हो ।
पुर्ण सरसफाई युक्त बनाउनको लागि खानेपानीका आयोजनाहरु समेत सञ्चालन गरीएको छ । अहिले साविक चार गाविसमा ५ वटा ठुला खानेपानी आयोजनाहरु सञ्चालन गरीएको वास अफिसर आचार्यले जानकारी दिनुभएको छ । सस्थाका अनुसार नारायणपुरमा धवगा बधौरा खानेपानी तथा सरसफाई आयोजनाका लागि एक करोड ४५ लाख रुपैया बजेट कार्यक्रम सुरु भएको छ भने विजौरीमा गोगनपानी छिल्लीकोट खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
जस्को लागत ५४ लाख ७५ हजार रुपैया रहेको छ । यस्तै हाँसीपुरमा दुई वटा खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ । गुँरासे हाँसीपुर खानेपानी तथा सरसफाई आयोजनाका लागि ५८ लाख १२ हजार र कालाखोला जावुने खानेपानी तथा सरसफाई आयोजनाका लागि ५५ लाख २९ हजार रुयैपा बजेटको लागत रहेको फ्रि प्याड सस्थाले बताएको छ । देउखुरीको गोबरडिहामा पनि दुइृ वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । हाँत्तिमारेखवा रुङसिंङ चिसापानी खानेपानी तथा सरसफाई आयोजनाका लागि ५७ लाख ९३ हजार, पुर्वेखोली बेतेनी सुपैला खानेपानी तथा सरसफाई योजनाका लागि ६९ लाख ३१ हजार रुपैया बजेट लागत तोकिएको छ ।
अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका योजना अधिकृत बासुबेद आचार्य, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनिएर तिलक न्यौपाने र राजकुमार पोख्रेल, जिल्ला बन महासंघका भुपमबहादुर केसी, नेपाल रेडक्रस सोसाईटीका विश्राम अधिकारी, वास फोरमका अध्यक्ष पत्रकार गोविन्द खड्का लगाएतको सहभागिता रहेको थियो ।
