ललितपुर – ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप हुँदा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् ।
प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो ।
महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भईरहेको बताए, नागरिक दैनिक लाई उद्दृत गर्दै रातोपाटीमा समाचार छ ।