दाङ, ७ असार । नेकपा माओवादी दाङले चुनावी गतिबिधि तीब्र पारेको छ । चुनाव नजिकिदै जाँदा जिल्लाब्यापी चुनाव प्रचार तीब्र बनाएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
यसैक्रममा माओवादी केन्द्र घोराहीले बुधवार घोराही १३ लमडरुवामा चुनावीसभा गरेको छ । सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार जीवन गौतमले महानगरका सबै वडामा समानुपातिकरुपमा विकास निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपमेयरका उम्मेदवार सिता चौधरीले सबै जाति, भाषा, लिंगलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै महिलामा न्यायको पहुँच स्थापित गर्न आफूले जोड लगाउने बताउनुभयो ।
घोराही उपमहानगरमा वडा नं १५, १४, १६, १७ को गुलरिया, पनौरा गैरागाउँ लगायतका गाउमा घरदैलो गरिएको छ । वडा नम्बर १७ मा वडा अध्यक्षका उम्मेदवार खुसीराम चौधरीको नेतृत्वमा घरदैलो गरिएको हो । माओवादी केन्द्र घोराहीले बिहीवार विहान ७ बजेदेखि घोराहीमा पूर्वअर्थमन्त्री बर्षमान पुनको अगुवाइमा घरदैलो गर्ने जनाएको छ ।
त्यस्तै माओवादी केन्द्र तुलसीपुरले बुधबार तुलसीपुरका ५ वटा वडामा घरदैलो कार्यक्रम तथा चुनाबी सभा गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर शेसुराम भण्डारी, उपमेयर सीता वली, माओवादी केन्द्र तुलसीपुर उपमहानगरकमिटीका अध्यक्ष राम बहादुर दहित अञ्जान, वाईसिएल जिल्ला उपाध्यक्ष माईकल गुर्तालसहितको टोलीले तुलसीपुर महानगरपालिकाको वडा नं। ४,७ , ८ , १८ र १९ मा चुनाबी सभा तथा घरदैलो कार्यक्रम गरेको हो ।
माओवादी केन्द्रले शान्तिनगरका वडानम्बर वडा नं ७ खैरेनी डुविचौर, २ अमुवा, पेदा, लगायतका गाउँमा घरदैलो अभियान चलाएको अध्यक्षका उम्मेदवार नेवबहादुर रोकाले जानकारी दिनुभयो । त्यस्तै दंगशीरणको वडा नम्बर ६ को श्रीगाउँ, लेटार, टंक व वली सहितको नेतृत्व, ४ मा सिता बस्नेत सहति सुकदेवा, वैवाङ मौली, ५ को बालापुर सलौरा, हिरालालको योजनामा । १ र २ गोलटाकुरीमा घरदैलो गरिएका अध्यक्षका उम्मेदवार हिरालाल चौधरीले जानकारी दिनुभयो । राप्ती गाउँपालिकाका नौवटै वडामा घरदैलो चलिरहेको छ भने वडा नं ४ जनकपुरमा सांस्कृतिक सभा गरिएको छ ।
माओवादी केन्द्र राजपुरले नाका क्षेत्रमा घरदैलो गरिरहेको अध्यक्षका उम्मेदवार श्यामबहादुर झाँक्रीले जानकारी दिनुभयो । बबईले साविक पुरन्धाराका विभिन्न गाउँमा घरदैलो गरेको अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्रीले जानकारी दिनुभयो । बंगलाचुलीले साविक काभ्रेका गाउँमा घरदैलो गरेको अध्यक्षका उम्मेदवार भक्तबहादुर ओलीले जानकारी दिनुभयो ।











