असार ७, चितवन– गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्नेगरी पुनर्संरचना गर्ने बताएका छन । बुधबार चितवनको भरतपुरमा आयोजित १७३ औं समुहको प्रहरी सहायक निरीक्षक (असई)को पासआउट समरोहलाई संवोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

grihamantri sharma‘जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागी मेरो प्रयत्न हुनेछ’ मन्त्री शर्माले भने, ‘संघिय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडी बढाईने छ ।’

‘सिपाही वा प्रहरी महानिरीक्षक सवै राष्ट्रप्रती ईमान्दार हुनुपर्छ’ मन्त्रि शर्माले भने, ‘संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्विकार्य हुँदैन ।’
मन्त्रि शर्माले प्रहरीसंगठन भित्र गुटबन्दी गरेमा कारवाही गरिने चेतावनी दिएका छन् । ‘गुटबन्दी गरे कारवाही हुन्छ’ उनले भने, ‘सिपाहीले पनी ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ ।’

प्रहरीको बर्दि राज्यको गौरव भएको उल्लेख गर्दै मन्त्रि शर्माले बर्दिभित्र जनताको ठुलो आकांक्षा र मनोभावना रहेको बताए । बुधबार पासआउट भएका १५० जना प्रहरी सहायक निरीक्षकहरुलाई कानुनको रक्षाका लागी बर्दिको सदुपयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले भने, ‘अब प्रहरीमा वृत्ति विकासको खडेरी ब्यहोर्नुपर्दैन, वृत्ति विकासको ढोका खोल्ने प्रविद्धता ब्यक्त गर्दछु ।’

मन्त्री शर्माले तालिमका दौरानमा विभीन्न विधामा उत्कृष्ट भएका १७३ औं समुहका जुनियर प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका छन् । कठिन तालित पुरा गरेर कार्यक्षेत्रमा खटिन लागेका जुनियर प्रहरी अधिकृतहरुलाई बधाई दिँदै मन्त्री शर्माले कुशलतापुर्वक आफुलाई तोकिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।