असार ६ तुलसीपुर । तुलसीपुर उप महानगरपालिका वडा नम्वर १७ मा नेकपा एमालेको जनसभा सम्पन्न भएको छ । एमाले दाङका अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार घनश्याम पाण्डेले वेलझुण्डीलाई पुर्विय दर्शनको केन्द्रका रुपमा विकास गर्नुपर्ने वताएका थिए ।
उनले औद्योगिक विकासले मात्रै समाजको विकास नहुने भएकाले मानविय स्वास्थ्यको ख्याल गरेर वातावरणीय मुद्दालाई पनि ध्यान दिनुपर्ने वताएका थिए भने उपमेयरकी उम्मेदवार माया आचार्यले महिलाको हक अधिकार स्थापनाका लागि एमालेको भुमिका प्रभावकारी रहेको वताएकी थिइन ।
कार्यक्रममा वडाध्यक्षका उम्मेदवार वामदेव खनालले वडाको विकास लागि ३३ वुँदे प्रतिवद्धता व्यक्त गरेका थिए । उनले सम्भावनाको खानी रहेको वडालाई उप महानगरपालिकाकै सवैभन्दा समृद्ध वडाका रुपमा विकास गर्ने वताएका थिए । निर्वाचन परिचालन कमिटीका अध्यक्ष भोजराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा शोभाराम वस्नेत , सदस्यका उम्मेदवार लवरु चौधरी, महिला नेतृ रमा डिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन टोपेन्द्र खत्रीले गरेका थिए ।
